back

अफगानिस्तानमा भएको कार बम विस्फोटनमा आठको मृत्यु

वि.सं.२०७६ जेठ १९ आइतवार

552 

shares
 

१९ जेठ, अफगानिस्तान । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार शनिबार बेलुका ९ः५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ ।
घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए ।
दुर्भाग्यबस आठ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन् । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बताए ।

वि.सं.२०७६ जेठ १९ आइतवार १४:४७ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...