back

विद्यालयमै छात्रालाई प्याड बनाउन सिकाइयो

वि.सं.२०७६ जेठ १९ आइतवार

537 

shares

 

१९ जेठ, रूकुमपश्चिम । मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको युमुना नन्द नमूना माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमै प्याड बनाउन सिकाएको छ । विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएको हो ।

विद्यालयका सेनेटरी प्याड निर्माण फोकल पर्सन सुशीला शर्माले कक्षा ६ देखि १० सम्मका छात्रालाई प्याड बनाउन सिकाएकी हुन् । प्याड बनाउने कला सिकेपछि कक्षा १० मा अध्ययनरत छात्रा कल्पना ओलीको अध्यक्षतामा गठित सेनेटरी प्याड निर्माण समितिको सक्रियतामा करीब १५० वटा सेनेटरी प्याड निर्माण गरिएको छ ।

प्याड निर्माणका लागि कपडालगायत आवश्यक वस्तु खरीद गर्नका लागि विद्यार्थी आफैँले प्रतिछात्रा रु २० का दरले रकम जम्मा गरेको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताए । महिनावारी भएको समयमा कुनै पनि छात्रा विद्यालयबाट बञ्चित नहुन् भन्नका लागि विद्यालयमा प्याड बनाउन सिकाइएको उनको भनाइ छ ।

सेनेटरी प्याडको निर्माण, निर्माण गर्नुको उद्देश्य तथा निर्माण भइसकेका प्याड र प्रयोग भएका प्याडको व्यवस्थापनका बारेमा प्रअ पौडेलले विद्यार्थीलाई आवश्यक सललाहसहित सिकाएका थिए ।

वि.सं.२०७६ जेठ १९ आइतवार १५:०६ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...