back

अष्ट्रेलिया नेपालीका लागि नरक नै हो त ?

वि.सं.२०७६ जेठ १९ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

केहि दिन यता अष्ट्रेलियाका नेपालीका विषयलाई टिकाटिप्पणीको विषय बनाइएको छ । यसै सन्दर्भलाई अष्ट्रेलियाबाट पत्रकारिता गरिरहेका पत्रकारहरु सञ्जाल ‘नेप्लीज आस्ट्रेलियन जर्नलिस्ट एशोसीयसन’ले प्रतिक्रिया जनाएको छ ।

अष्ट्रेलियाबाट सिधा कुरा जनतासँग चलाइरहेका रवि लामिछानेका कार्यक्रममा देखाइएका दृश्य र उठाइएका प्रसङ्गप्रति एसोसिएनको भनाई इंगित रहेको स्पष्ट छ । एकाध घटनालाई तिलको पहाड बनाइँदा त्यसले आउँदा दिनमा अष्ट्रेलियाको नेपाली समाज र नेपालमा रहेका आफन्तहरुलाई बढी पीडा दिने एसोसिएसनको ठम्याइ छ । अष्ट्रेलिया नेपालीका लागि नरक भएजस्तो गरि प्रस्तुत गरिएको प्रति आपत्ति व्यक्त गर्दै भनिएको छ ‘ग़लत प्रवृती र विद्यार्थीका समस्याका बारेमा हामीले त्यसका आधारमा अस्ट्रेलिया नेपालीका लागि नरक नै भएजस्तो गरेर जुन किसिमको प्रचारबाजी भएको छ, त्यो सर्वथा गलत र भ्रामक छ।’पत्रकारिताका नाममा भएका यस्ता कार्यक्रमहरुले पत्रकारिता भन्दा पनि सञ्चारकर्मको भूमिका खेलिरहेको भन्दै यस्ता कार्यक्रमहरु पर्चाकारिता मात्र हुने एसोसिएसनको ठहर छ ।

नेप्लीज आस्ट्रेलियन जर्नलिस्ट एशोसीयसनको प्रतिक्रिया छ :

अस्ट्रेलियाको नेपाली समाजलाई लिएर यतिबेला परदेशमा मात्र हैन, घरदेशमा पनि चासो र चिन्ता बढेको छ। केही एकाध घटना र अपवादलाई सामान्यीकरण गरेर तिललाई पहाड बनाउने प्रपञ्चले बहुआयामिक पीडा, दु:ख, समस्या र गलत धारणा बनाउने ‘स्पेस’ दिएको छ। यसले तत्कालका लागि कसैलाई क्षणिक न्यानो त देला तर प्रकारान्तरमा त्यसले अस्ट्रेलियाको नेपाली समाज र नेपालमा रहेका आफन्तहरूको पीडामाथि विजय प्राप्त भने गर्न सक्ने छैन।

हामी वर्षौदेखि अस्ट्रेलियाको नेपाली समुदायको सदस्यका रूपमा रहेर यहाँको हिृउँद वर्षासँग मात्र हैन, दैनिक जीवनका अनेकौं उकालीओरालीका साक्षी पनि बस्दै आएका छौं। घरदेशमा हुँदा मूलधारको जिम्मेवार पत्रकारिता गरेका हामी यहाँ रहेर पनि नेपालको मूलधारको मिडियाका लागि नै काम गरिरहेका छौं। हामी नेपाली सोच र सम्मुन्नतीका आधारमा सकरात्मक सामुदायिक पत्रकारिता गरिरहेका छौं। यसो गर्दा हामीले हाम्रो समुदायप्रतिको जिम्मेवारी पनि निर्वाह गरिरहेका हुन्छौ र पत्रकारिताका आधारभूत सिद्धान्त, मुल्य र मान्यताहरूको ससम्मान अभ्यास पनि गरिरहेका छौ । बिभिन्न सामाजिक सञ्जाल र युट्युवलगायतका अनलाइन प्लेटफर्महरू सञ्चार माध्यमका नया माध्यम मात्र हुन्। यिनीहरूमा सञ्चारकर्म हुन्छ, बास्तवीक पत्रकारिता हैन। सञ्चारकर्म र पत्रकारिताका बीचमा आकाश जमिनको फरक छ। आमसञ्चारको फाटमा एउटा चर्चित भनाइ छ सबै पत्रकार सञ्चारकर्मी हुन् तर सबै सञ्चारकर्मी पत्रकार भने हैनन्। हाम्रो समुदायले पनि सञ्चारकर्म र पत्रकारिताबीचको यो भिन्नता बुझ्न जरूरी छ।

हामी यो पछिल्लो परिदृश्यमा ढुक्कका साथ भन्न सक्छौं- अपवाद र एकाध घटना रामराज्यमा पनि भएका थिए र यहाँ पनि छन्। ग़लत प्रवृती र विद्यार्थीका समस्याका बारेमा हामीले त्यसका आधारमा अस्ट्रेलिया नेपालीका लागि नरक नै भएजस्तो गरेर जुन किसिमको प्रचारबाजी भएको छ, त्यो सर्वथा गलत र भ्रामक छ। बीस बर्षमा बीलीनीयर र चीकीत्सा बीज्ञानमा चमत्कार गर्ने नेपाली पनी यही छन। घरदेश र परदेशमा रहेका सम्बन्धित सबैलाई त्यस किसिमको भ्रममा नपर्न आग्रह गर्दै यो तथ्य राख्न चाहन्छौ । अस्ट्रेलिया संसारकै सबैभन्दा आप्रवासीमैत्री मुलुक हो। अस्ट्रेलियालाइ नरक भन्न भनाउन खोज्नु ठुलो सामाजिक तथा कुट्नैतिक गल्ति पनी हो । साथै, पत्रकारिताको सैद्धान्तिक आधारमै हामी यसलाई पत्रकारिता हैन पर्चाकारीता भन्न सक्छौ र यस्तो रवैयाको घोर निन्दा पनि गर्छौ। यो परिस्थिति सिर्जना गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जिम्मेवार सबैलाई समुदायले त नजिकबाट हेरिरहेको छ नै, हामी चौथो अंगका सदस्य र संगठनका रूपमा वाचडगका रुपमा भूमिका निर्वाह गरिरहेका छौं।

हामी पत्रकारितामा आधारभूत मूल्य, मान्यता र सिद्धान्तमा रहेर सामुदायिक जिम्मेवारीबोधको पत्रकारिता गरिरहेका छौै र गरिरहने छौं।त्यसका लागि हामी समुदायका जिम्मेवार संघसंस्था र अभियन्ताहरूसँग सदैव सहकार्यका लागि तयार रहेको व्यहोरा पनि अनुरोध गर्दछौं।

वि.सं.२०७६ जेठ १९ आइतवार १५:४४ मा प्रकाशित

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालको निजामती प्रशासनको इतिहास धेरै पुरानो भए पनि व्यवस्थित र...