back

सांसद अधिकारीले भने–‘सभामुखज्यू ज्यान जोगाइ पाउँ’

वि.सं.२०७६ जेठ १९ आइतवार

612 

shares

१९ जेठ, काठमाण्डौं । नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकमै आफू ४ पटक लडेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

सांसद अधिकारीले आफू बसेको कुर्सीको सिट नै हातमा लिएर सभामुख कृष्ण बहादुर महराको ध्यानाकर्षण गराईरहँदा सभामुख महरा भने मुसुमुसु हाँसिरहेका थिए ।

‘चारपटक भयो सभामुखज्यू म यहाँबाट लडेको,’ कुर्सीको सिट देखाउँदै सांसद अधिकारीले भने,‘यहाँ त छलफल गर्नुभन्दा पहिले अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर, यो कतिपटक भन्नुपर्ने हो, संसद सचिवालयले आगामी दिनमा कम्तिमा पनि यस्ता कुर्सीहरु नराखियोस् । यो त धराप भयो, यो त गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाउँ भन्ने अवस्था आयो ।’

सांसद अधिकारीको कुराप्रति गम्भीर रुपले ध्यानाकर्षण भएको सभामुख महराले बताएका थिए ।

वि.सं.२०७६ जेठ १९ आइतवार १६:०४ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...