back

धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति

वि.सं.२०७६ जेठ १९ आइतवार

621 

shares

१९ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिललो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उनले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर विदेशीले धर्म परिवर्तन गरिरहेकामा चिन्ता व्यक्त गरे ।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वतर्फको नारायण मन्दिर परिसरमा यही जेठ २७ गतेसम्म जारी रहने उक्त महायज्ञमा डा यादवले प्राचीन संस्कृतिका आधारमा बनेका हाम्रा परम्परा, इतिहासको संरक्षण गरी तत्कालीन सभ्यताको अध्ययन गर्न सकिने बताए ।

विभिन्न जाति, संस्कृति र धर्मले सजिएको समाजमा अहिले एकताको खाँचो औल्याउँदै उनले भने , “हिमालको काखमा रहेको नेपालमा सदियौँदेखि हिन्दू, बौद्ध र किरात धर्मको प्रभाव छ, यिनका संस्कृति र इतिहासलाई संरक्षण गर्नुपर्छ ।”
हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नागरिकको भावनात्मक एकतालाई सम्बोधन गर्नसकेमा मात्र देशको राष्ट्रियता बलियो हुने उनको भनाइ थियो । डा यादवले जैविक विविधतायुक्त नेपालमा रहेका विभिन्न प्राकृतिक, स्रोत साधनको उपयोग गरी राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।

उनले चार दशकअघिसम्म धान निर्यात गर्ने प्रमुख राष्ट्रका रुपमा रहेको नेपालमा प्रकृतिमाथि भइरहेको दोहनले उपभोग्य वस्तुको आयात बढ्दै गएकामा चिन्ता व्यक्त गरे । चुरे क्षेत्रको संरक्षणमा सबै संवेदनशील हुनुपर्नेमा पनि पूर्वराष्ट्रपति डा यादवको जोड थियो ।

वि.सं.२०७६ जेठ १९ आइतवार १६:०६ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...