back

अफ्रिकामा बढ्दै छन् नेपाली व्यवसायी, गैह्रे र गिरी दम्पत्तीले खोले नेपाली रेष्टुरेण्ट

वि.सं.२०७६ जेठ १९ आइतवार

597 

shares

१९ जेठ, काठमाण्डौं । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, कोरिया खाडीका विभिन्न देश तथा मलेसिया लगायतका देशमा मात्र नभएर अब अफ्रिकामा पनि नेपालीहरुले विस्तारै व्यवसायको सुरुवात गर्न थालेका छन् ।

यसै सिलसिलामा पूर्वी अफ्रिकाको युगाण्डामा प्रेम श्रेष्ठ तथा पोखराका ईश्वरी प्रसाद गैहै्र र कल्पना अर्याल गैह्रे दम्पत्तीको संयुक्त सञ्चालनमा ‘हिमालयन नेपाली फुड रेष्टुरेण्ट व्यवसाय सुरु गरेका छन् । उनीहरुले १ जुन २०१९ मा कम्पलाको किङडम कम्पलामा फुडकोर्ट ( रेष्टुरेण्ट) सुरुवात गरेका हुन् ।  उनीहरुले उक्त रेष्टुरेण्टमा झण्डै ३० लाख रुपैयाँ नेपाली लगानी गरेका छन् ।

विशेषत अफ्रिकामा रहेका इण्डियन तथा अफ्रिकन समुदायकाबीच नेपाली खानाकै प्रवद्र्धन गर्ने उद्धेश्य लिएर थकाली थाली, मम, चाउमिन, सेलरोटी र अफ्रिकन र इण्डियनहरुका लागि पनि उनीहरुको स्वाद अनुुसारको खाना पस्किने सोँच बनाएको संचालक कल्पना गैह्रेले संसारन्युसँग बताइन् ।

अन्य देशभन्दा पनि फरक अफ्रिकामा नेपाली खानाकै रेष्टुरेण्ट खोल्नुपरेको कारण बताउँदै गैह्रेले भनिन्, ‘हामी नेपालीले पनि केही गर्न सक्छौं भन्ने उदाहरण दिनकै लागि नेपाली खानालाई पहिलो प्राथमिकता दिएका हौं ।’
उनका अनुसार उद्घाटनका क्रममा अफ्रिकाकै धनाढ्य रुपालिया ग्रुपका व्यवसायी सुधिर रुपालिया लगायतको उपस्थिति रहेको थियो ।

नेपाली समाजसेवी नरेन्द्र शर्माद्धारा उद्घाटन गरिएको उक्त उद्घाटन कार्यक्रममा नेपाली, इण्डियन र अफ्रिकन समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । ‘हामीले निःशुल्क रुपमा सेलरोटि बाँडेका थियौं, उनीहरुले खुब मिठो मानेर खाए थकाली थाली खानाको टेष्ट पनि राम्रो छ भनेका थिए । मम पनि खुब मनपराएका छन् ।’ कल्पनाले भनिन् । कल्पना दम्पत्ती झण्डै १ दशकदेखि युगाण्डामा रहँदै आएका छन् ।

त्यसैगरी पाउन्डी अरेवा १ पौदी घर भई १६ वर्षदेखि युगाण्डाको कम्पलामा रहँदै आएका अर्का दम्पत्ती धनराज गिरी र तारा गिरीले पनि सोहि किङडम कम्पला मलमा ‘भान्सा घर’ नामक रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।


उनीहरुले पनि जुन १ का दिन उक्त रेष्टुरेण्ट उद्घाटन गरेका हुन् । रेष्टुरेण्टको उद्घाटन उनकी छोरी प्रगति गिरीले गरेकी हुन् । उनीहरुको पनि झण्डै ३० लाखको हाराहारीमा लगानी भएको गिरीले संसारन्युजसँग बताए । उनको रेष्टुरेण्टको मुख्य आकर्षक चाइनिज खाना र कन्टिनेन्टल पिजा रहेको छ । ‘ नेपाल र नेपालीको पहिचानका लागि पनि नेपाली नाम ‘भान्सा घर’ राखेको हौं, गिरीले भने, ‘अब आफ्नो र देशको पहिचान राख्नु पर्यो भनेर कोशिष गरेका हौं । उद्घाटनमा पनि सबैले खानाको स्वाद राम्रो रहेको भनेका छन् ।’

भान्साघरको उद्घाटनमा व्यवसायी सुधिर रुपालिया, समाजसेवी नरेन्द्र शर्मा र वर्षा शर्मा तथा एनआरएनए युगाण्डाका  पूर्वअध्यक्ष रमेश कंडेललगायतको पनि उपस्थिति रहेको थियो ।

‘अन्य देश, नेपालीको बाहुल्यता रहेको ठाउँमा नेपाली नाम र नेपाली खाना पस्कने रेष्टुरेण्ट खोल्नु अब कुनै नौलो कुरो भएन । तर, अफ्रिकाजस्तो देशमा उहाँहरुको शाहस र हिम्मत नै ठूलो कुरा हो । पूर्वअध्यक्ष रमेश कंडेल भने, ‘हामी खुसी छौं , अफ्रिकामा नेपाली खाना र नेपाली नामको प्रवद्र्धन गर्न उहाँहरु लागि पर्नुभएको छ । उहाँहरुलाई हामी सबैको साथ र सहयोग रहनेछ ।’

प्रेम श्रेष्ठ, ईश्वरी गैह्रे दम्पत्ती, धनराज गिरी दम्पत्ती भन्दा पहिले एनआरएनए युगाण्डाका अध्यक्ष स्याङजाका राजमणी भण्डारी र देवी भण्डारी दम्पत्तीले युगाण्डाको जिन्जामा (जहाँ र्सोस अफ नाइलनदी भनिन्छ) ‘लियोन्ज बार एण्ड रेष्टुरेण्ट’ व्यवसाय संचालन गरेका छन् भने अर्का नेपाली व्यवसायी देव पाण्डेले पनि रेष्टुरेण्ट व्यवसाय संचालन गरेर बसेका छन् । संचालन गरेको बताइन्छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १९:०७ मा प्रकाशित

Himalayan Life AD
युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...