back

चैतन्यलाई ‘हृदयचन्द्र स्मृति सम्मान’, कवितालाई गोपालप्रसाद रिमाल पुरस्कार

वि.सं.२०७६ जेठ १९ आइतवार

531 

shares

१९ जेठ । साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यलाई प्रदान गर्ने निर्णय गरेको छ । राजनीतिक वृत्तमा ‘किरण’ उपनामले सुपरिचित मोहन वैद्य साहित्यमा ‘चैतन्य’ नामले चिनिन्छन् । माक्र्सवादी कलासाहित्य तथा सौन्दर्यचिन्तनका क्षेत्रमा गम्भीर अध्येता तथा व्याख्याताका रूपमा स्थापित चैतन्य दर्शनका क्षेत्रमा पनि उत्तिकै प्रखर र गम्भीर चिन्तक हुन् । उनको ‘हिमाली दर्शन’ नामक कृतिले अघिल्लो वर्ष निकै चर्चा पाएको थियो । सौन्दर्यचिन्तन तथा समालोचनाका क्षेत्रमा हालसम्म उनका ‘माक्र्सवादी कलादृष्टि र समीक्षा’, ‘क्रान्ति र सौन्दर्य’, ‘समीक्षा र सौन्दर्य’ ‘माक्र्सवाद र संस्कृति’ र ‘माक्र्सवादी सौन्दर्यचिन्तन’ तथा दर्शनका क्षेत्रमा ‘सङ्घर्षको दर्शन’ र ‘हिमाली दर्शन’ जस्ता कृतिहरू प्रकाशित छन् ।

यस वर्षको ‘गोपालप्रसाद रिमाल पुरस्कार’ वरिष्ठ आख्यानकार तथा कवि कविता पौडेललाई प्रदान गरिने भएको छ । सामाजिक जीवनमा पर्ने र परिआउने जुनसुकै काम महिलाले पनि पुरुषले जत्तिकै कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने मान्यता राखी हलो जोत्ने, मलाम जाने, घर छाउने तथा खसी काट्ने जस्ता कामहरू गरी समाजमा व्याप्त रुढिग्रस्ततालाई ठाडै हाँक दिने साहसी महिलाका रूपमा इतिहास बनाउनु भएकी कविता पौडेल नेपाली साहित्यमा आख्यानकार तथा कविका रूपमा सुपरिचित छन् । सामाजिक जीवनका जल्दाबल्दा विषयमा कलम चलाउने उनका ‘काँडाघारीको यात्रा’ संस्मरण, ‘बाल चित्कार’, ‘छोरीको चिठी’, ‘हिरा’, ‘छाउपडी’ र ‘मुना’ उपन्यास र ‘नयाँ बिसाउनी’ खण्डकाव्य प्रकाशित छन् ।

वि.सं.२०७६ जेठ १९ आइतवार १८:२५ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...