back

जस्ताले लागेर एक बालिकाको मृत्यु

वि.सं.२०७६ जेठ २० सोमवार

546 

shares

२० जेठ,कावासोती। आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पु¥याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए। हावाहुरीले घरको छानो उडाइदिएको छ । हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

वि.सं.२०७६ जेठ २० सोमवार ०७:२९ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...