back
CTIZAN AD

१४ औँ शताब्दीभन्दा अघिको इँटा भेटियो

वि.सं.२०७६ जेठ २० सोमवार

561 

shares

२० जेठ, सङ्खुवासभा । चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरे । ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य छन् । “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उनले भने, “छ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन् ।”

उनका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको इतिहास रहेकाले यसको संरक्षण आवश्यक रहेको उनले बताउनुभयो । चैनपुर सङ्खुवासभाको पुरानो सदरमुकाम पनि हो । उक्त इँटाको लम्बाइ १४ इन्च, चौडाइ आठ इन्च र मोटाइ दुई इन्च छ । पुरातत्त्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी इँटाको रेलिङ राखेर सुरक्षा गर्नुपर्ने उहाँको भनाइ छ । यसबारे विभागमा लिखित जानकारी गराउने उनले बताए ।

यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो । यसले इतिहास थप भएको चैनपुरका प्रमुख भरतकुमार खत्रीले बताए । “चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्”, उनले भने, “मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ ।” स्थानीय सरकारले यस्ता पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षणको काम थाल्ने उनको भनाइ छ ।

 

नवौँदेखि १४औँ शताब्दीसम्म यस प्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ । चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उनले सुनाए । पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन् ।

चैनपुर बजारमै रहेको मेजरपाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुङ्गेलको भनाइ छ । भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ ।

विक्रम संवत् १८४५ मा स्थानीयस्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुङ्गेलले बताए । उनका अनुसार १८३०÷३१ मा पृथ्वीनारायण शाहका पालामा वक्तावरसिंहका बुबा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ । सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो तर पछि वक्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुशियालीमा मेजरपाटी बनाइएको ढुङ्गेलको भनाइ छ ।

उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ । उक्त मूर्ति २५० वर्ष पुरानो रहेको उनले उल्लेख गरे । सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ । त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ ।

वि.सं.२०७६ जेठ २० सोमवार १३:०० मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा...

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र...