
दाँत दुःखाई संसारका सबै मानिसको एउटै हुन्छ सायद । स्वास्थ्यविज्ञका अनुसार हरेक १० जनामा ६ जनालाई दाँतको समस्याले सताएको हुन्छ । सुखमा नआत्तिने मान्छे दाँत दुख्दा मात्र होइन् हरेक दुःखमा आत्तिएको हुन्छ । अझ कहिलेकाँही दाँतको दुखाइ यति तिब्र हुन्छ कि, त्यस्तोबेला मिलेसम्म आफैं दाँत उखालेर आनन्दसँग बसौं भन्ने जस्तो महसुस हुन्छ ।
अचानक हुने दाँतको दुखाईले दैनिकी मात्र नभएर जिन्दगीनै प्रभावित बनाइदिएको हुन्छ । दाँतमा हुने दुःखाइका कारण तपाईलाई धेरैपटक काममा बाधा परेको पनि हुन सक्छ । त्यसकारण दाँत दुखिहाल्यो, सबैलाई तत्काल अस्पताल जान सम्भव हुँदैन । त्यस्तोबेला पेनकिलर खाएर शरिरका अन्य भागलाई असर गर्ने काम गर्नुभन्दा पनि भान्सामा रहेका केही त्यस्ता वस्तुहरुको प्रयोग गरेर दाँतको दुखाई कम गर्न सकिन्छ ।
यी उपाय अपनाउन सकिन्छ
ल्वांग-ल्वांग औषधिय गुणले भरिपूर्ण हुन्छ जो ब्याक्टेरिया तथा अन्य कीटाणुलाई नास गर्न निकै उपयोगी हुन्छ । धेरैजसो अवस्थामा व्याक्टेरियाकै कारण दाँतदुख्ने हुनाले ल्वांगले किटाणु नास गर्न सहयोग गर्दछ ।

दाँत दुख्दा ल्वांगलाई दुःखेको ठाउँको नजिक राख्दा दुखाई कम हुन्छ । त्यस्तै ल्वांगको तेल पनि प्रयोग गर्न सकिन्छ ल्वांगको तेललाई कपासमा भिजाएर दाँतमा राख्दा दुखाईमा राहत हुन्छ । तर, केही समय भने राख्नैपर्ने हुन्छ ।
हींग-दाँत दुख्नासाथ धेरै मानिसहरु भान्सामा रहेको हींगको सम्झना गर्छन् । हींगले दातको दुखाइका बेला छिटो राहत दिन्छ । दाँत दुखेका बेला हींगलाई थौरे तेलमा फेटेर मिलाएर त्यसलाई कपासमा राखेर दुखेको दाँतको नजिक राख्दा दुखाई कम हुने र केही समयमै राहत मिल्दछ ।

प्याज-धेरै मानिसहरु प्याज खान डराउँछन् । अफिस या कतै पार्टीमा जानेहरु त झन प्याज खानै हुँदैन भन्ने सोच्छन् र खाँदैनन् पनि । तर, प्याजलाई घरेलु औषधिका रुपमा लिन सकिन्छ । यसले विभिन्न प्रकारका मौसमी फ्लुबाट पनि बचाउदछ । प्याजमा केही यस्ता गुण हुन्छन् जसले दाँतमा रहेका ब्याक्टेरियाहरु खतम गर्न सहयोग गर्दछ । दाँत दुख्दा प्याजको टुक्रालाई दाँतको नजिक राख्ने या चपाउने गर्नुभयो भने यसले दुखाईबाट राहत दिन्छ ।

लसुन –लसुन पनि दाँत दुखेको बेला राहत दिने एक घरेलु औषधिको रुपमा लिन सकिन्छ । लसुनमा एन्टिवायोटिक गुण पाइन्छ । यसले धेरै प्रकारका संक्रमणसँग लड्न मदत गर्दछ । हामीले तरकारीमा या मासुमा राखेर लसुन खाइन्छ भने संसारका विभिन्न देशमा यदि कतै लडेर घाउँ लाग्यो रगत बग्यो भने पहिला लसुन पिसेर रोटि या अन्य खाने कुरामा राखे खान दिइन्छ ।

यसले दाँतको दुखाई पर सार्न पनि सहयोग गर्दछ । दाँत दुख्दा लसुनका एक दुई केशरा काँचै चपाउनु भयो भने यसले राहत दिन्छ । साथै लसुनको साना टुक्रा बनाएर दाँत नजिकै राख्दा पनि दुखाई कम हुन्छ । लसुनमा एलिसिन हुनाले दाँतमा रहेका ब्याक्टेरिया नष्ट गरिदिन्छ ।
वि.सं.२०७६ जेठ २० सोमवार १३:२२ मा प्रकाशित




























