back

सुडानमा सैनिक हस्तक्षेप, पाँच जनाको मृत्यु

वि.सं.२०७६ जेठ २० सोमवार

528 

shares

२० जेठ, खार्तुम । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजधानीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रक सहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अबरोधहरु खडा गरेर धर्नामा बसेका छन् ।

संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथि दमन नगर्न सुडानको सेनालाई आग्रह गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन् । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेका थिए ।

प्रदर्शनकारीको पक्षमा उभिएको सुडानी चिकित्सकको केन्द्रीय कमिटीले सेनाको गोली लागेर पाँच जना प्रदर्शनकारीको ज्यान गएको जनाएको छ । चिकित्सक टोलीले सैनिक कारबाहीबाट अरु धेरै व्यक्ति घाइते भएको जनाएको छ ।

प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् । सुडानी प्रफेसनल एसोसिएसन (एसपीए) ले सेनाले “रक्तपातपूर्ण आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रुपमा असफल तुल्याउन “नागरिक अवज्ञा” गर्न आह्वान गरेको छ ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि प्रदर्शन रोकिएका छैनन् ।

वि.सं.२०७६ जेठ २० सोमवार १४:४४ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...