back

सिरिया कारबम विस्फोटमा १९ को मृत्यु

वि.सं.२०७६ जेठ २० सोमवार

678 

shares

२० जेठ,आजाज, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् ।

आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी गराएका छन् ।

“विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,” उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताए ।

मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताए ।

वि.सं.२०७६ जेठ २० सोमवार १६:०१ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...