back

राष्ट्रिय पुरुष भलिबलः आर्मी र गण्डकी विजयी

वि.सं.२०७६ जेठ २० सोमवार

435 

shares


२० जेठ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको प्रतियोगिताको चौथो संस्करणको खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० तथा गण्डकीले प्रदेश नं ३ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले प्रदेश १ लाई २५–२०, २५–१२ र २५–१७ अङ्कले तथा गण्डकीले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ अङ्कले पराजित गरेको हो । पहिलो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तथा गण्डकीले प्रदेश ५ लाई हराएको हो । आज भएका अन्य खेलमा एपिएफले प्रदेश नं २ लाई २५–१९, २५–१४ र २५–१४ अङ्कले पराजित ग¥यो । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१५, २५–२१ र २५–१५ अङ्कले पराजित ग¥यो ।

नेपाली सेनाको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।

वि.सं.२०७६ जेठ २० सोमवार २०:१० मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...