back
CTIZAN AD

मेयर कप क्रिकेट : देहीमाडौँ सेमिफाइनलामा

वि.सं.२०७६ जेठ २० सोमवार

471 

shares

२० जेठ, बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँमा जारी दोस्रो संस्करणको मेयर कप टी–ट्वाण्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

निङ्गलाशैनी खेलमैदान देहिमाडौँमा भएको खेलमा दशरथचन्द नगरपालिका–१ गुरुखोलालाई ६ विकेटले हराउँदै देहिमाडौँ सेमिफाइनल पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको गुरुखोलाले जयबहादुर टेरको २४ रनको मद्दतमा १५७ रन बनायो । १५८ रनको विजयी लक्ष्य देहिमाडौँले चार विकेटको क्षतिमा पूरा ग¥यो । देहिमाडौँका लागि दीपक बोहराले ६९ रन बनाए । उनी ‘म्यान अफ दी म्याच’समेत भए । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा देहिमाडौँ समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘बी’बाट दशरथचन्द नगरपालिका–४ खलङ्गा, समूह ‘सी’बाट दशरथचन्द नगरपालिका–१० बाराकोट तथा समूह ‘डी’बाट दशरथचन्द नगरपालिका–५ दशरथचन्द सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

मङ्गलबार सेमिफाइनलका खेल हुनेछन् । दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

वि.सं.२०७६ जेठ २० सोमवार २०:१७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...