back

६ विकेटले प्रदेश ३ सँग सुदूरपश्चिम पराजित

वि.सं.२०७६ जेठ २० सोमवार

486 

shares

२० जेठ । प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए । बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले दुई/दुई विकेट लिए ।

वि.सं.२०७६ जेठ २० सोमवार २०:२३ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...