
युएस नेपाल पोलिसी रिसर्च सेन्टरमा नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको युनिभर्सिटी अफ क्यालीफोर्निया बक्र्लेमा सम्पन्न चौंथो वार्षिक सम्मेलनले आगामी ३ वर्षका लागि सर्वसम्मतीमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसम अध्यक्ष डा राजन पन्त र डा सुमन पराजुली कार्यकारी सचिवमा चयन भएका छन् । त्यसैगरी कार्यसमितीमा तरुण पौडेल, डा देशराज संयोक, डा दीनबन्धु भट्ट, डा. ईश्वर श्रेष्ठ, जगदम्बा अधिकारी, सृष्टी भट्टराई र डा लेखनाथ अधिकारी चयन भएका छन् ।
अमेरिकामा रहेका नेपाली बैज्ञानिक, विज्ञ र व्यवसायिक व्यक्तीहरु संलग्न यस संस्थाले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नीतिगत र प्राज्ञिक विषयहरुमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ ।
२०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो, भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को शहरमा बिगतमा वार्शिक सम्मेलन गरेको थियो ।
डा पन्तलाई घिमिरेको शुभकामना
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका सल्लाहकार डाक्टर राजन पन्त युएस नेपाल पोलिसी रिसर्च सेन्टरको अध्यक्ष पदमा चयन भएकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष्ँ सोमनाथ घिमिरेले बधाई दिएका छन् । डा पन्तको चयनबाट आफूहरु अत्यन्तै हर्षित भएको भन्दै घिमिरेले पन्तको सफल कार्यकालको सफलताका शुभकामना व्यक्त गरेका छन् ।
वि.सं.२०७६ जेठ २० सोमवार २०:४६ मा प्रकाशित


























