
२१ जेठ, काठमाण्डौं । सांसदलाई ६ करोड बाँड्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विरोध गरेपछि कांग्रेस सांसद पार्टीप्रति असन्तुष्ट बनेका छन् ।
आफ्नै सांसद पार्टीको अडानको विपक्षमा उत्रिएपछि कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले सो पार्टीले यो कार्यक्रमको शैद्धान्तिक विरोध मात्र गर्ने भएको छ ।
छाया सरकारमा अर्थमन्त्रालयको संयोजन पाएका डा. मिनेन्द्र रिजालले बजेट भाषण लगत्तै सांसदलाई ६ करोडको तजबिजी अधिकार दिन नहुने बताए ।
दुई दिनपछि केन्द्रीय कार्यालय सानेपामा बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्दै रिजालले सांसदलाई ६ करोड बाड्नु संघीताको मर्मविरुद्ध भएको बताए । मंगलबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ २१ मंगलवार ०७:१७ मा प्रकाशित




























