back

देशै हल्लाउने गरी कसले फैलायो सोमबार यस्तो समाचार ?

वि.सं.२०७६ जेठ २१ मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

२१ जेठ, काठमाण्डौं । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका ।

उक्त गाउँपालिका सोमबार दिनभरी राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो । संचारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो । कारण हो गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको नेकपाका नेता कार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार ।’

विप्लवका कार्यकर्ता प्रहरी चौकि कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरतले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे । घटनाको पृष्टी न प्रहरीले गर्यो न स्थानीयले नै । सनसनीपूर्ण खबरपछि गृहमन्त्रालय सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो बैठकले त्यसक्षेत्रकमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्यो ।

स्थानीय बासिन्दाका अनुसार त्यहा न विप्लवका नेता कार्यकर्ताले धावा बोलेका थिए न कब्जा गर्ने उद्धेश्यले नै त्यहाँ पुगेका थिए । त्यहाँ विप्लवका नेता कार्यकर्ता भने पुगेका थिए । गाउँपालिका अध्यक्ष सागर किराँतीले चौकिमा आक्रमणबारे आफूलाई जानकारी नभएको बताए । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ जेठ २१ मंगलवार ०७:४८ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...