back

धानको बीउ उत्पादनका लागि अनुदान दिने

वि.सं.२०७६ जेठ २१ मंगलवार

591 

shares

२१ जेठ । रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ ।

कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजना मार्फत यस वर्ष बीजवृद्धि कृषि सहकारी संस्था मुनुवालाई ३५ हेक्टर, उज्यालो बहुउद्देश्यीय सहकारी सत्तीलाई ३० हेक्टर, धनसिंहपुर कृषि सहकारी संस्थालाई २० हेक्टर, नमूना बहुउद्देश्यीय सहकारीलाई १५ हेक्टर र किसान बीजवृद्धि सहकारीलाई १५ हेक्टरमा धानखेतीका लागि सहयोग गर्ने भएको हो । त्यस्तै, टप एग्रिकल्चर साइन्स एण्ड रिर्सच प्रा.ली. लाई १५ हेक्टर, आधुनिक कृषि बहुमुखी सहकारी संस्थालाई १० हेक्टर, पशुपति लघु उद्यमी सहकारी संस्थालाई १० हेक्टरमा धानको बीउ उत्पादनका लागि सहयोग गर्ने कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुर प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिए ।

आयोजनाको सहयोगमा ती कृषि सहकारी तथा कम्पनीले राधा ४, सावा मन्सुली, बान्ह गङ्गा, हर्दिनाथ, राम धान, सावित्री धान लगाउंँदैछन् । यस क्षेत्रलाई बीउ उत्पादन क्षेत्रका रुपमा विकास गर्न तथा कृषि उत्पादकत्व बढाई आर्थिक समृद्धिमा सहयोग पु¥याउनका लागि धान खेती विस्तार गरिने प्रमुख कँडेलले बताए ।

खेती विस्तार गर्नुअघि कृषि सहकारी तथा कम्पनी सञ्चालकलाई तालीमसमेत दिइएको छ । कृषितर्फका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले पछिल्लो समय यस क्षेत्रका कृषि सहकारीले बीज वृद्धिलाई महत्व दिन थालेको बर्ताए । ‘‘बीज वृद्धिमा धेरै सहकारीको लगाव देखिएको छ । त्यसैले हामीले उनीहरुको मागअनुसार सहयोग गरेका छौंँ ।’’ अधिकृत उपाध्यायले बीउ गुणस्तरीय नभएमा कृषि उत्पादन बढी लिन कठिन रहेकाले यस क्षेत्रका किसानलाई आवश्यक बीउ यहीँ उत्पादनमा सघाउन बीउ उत्पादनमा लगानी बढाउने भएका हौंँ ।’’

गत वर्ष कृषितर्फले सय हेक्टर जमीनमा धानको बीज वृद्धिका लागि सहयोग गरेको थियो । ‘‘यस वर्ष ५० हेक्टर जमीन बढाएका हौंँ । त्यस्तै आयोजनाले १९१ हेक्टरमा गहुंँको बीउ उत्पादनका लागि कृषि सहकारीलाई सहयोग गरेको छ’’, बाली विकास अधिकृत उपाध्यायले भने, ‘‘कृषि इकाइले बीउ उत्पादनका लागि ५० प्रतिशत बीउमा अनुदान, ७५ प्रतिशत उत्पादन सामग्री जस्तैः मलखाद, बिषादी आदीमा अनुदान दिने गरेको छ ।’’

आयोजनाले सहकारी तथा कम्पनीलाई आवश्यक प्राविधिक ज्ञानसमेत दिने गरेको छ । आयोजनाको कृषितर्फले किसानलाई व्यावसायिक बनाउने काम पनि गरेको छ । आयोजनाले पूर्वाधारतर्फ बीउ भण्डारण गृह निर्माणमा सघाउनाका साथै यस वर्ष दुई सहकारीलाई बीउ भण्डारण गृहसमेत निर्माण गरिदिएको छ ।

आयोजनाले किसानलाई मागका आधारमा मौसमी तथा बेमौसमी तरकारी खेती, केरा खेती, च्याउ खेती, गाजर खेती, घाँस खेतीजस्ता कार्यमा समेत अनुदान र सहयोग दिने गरेको छ । आयोजना सञ्चालपछि यस क्षेत्रका किसान व्य वसायिकसमेत बन्न थालेका छन् । कृषक रामकृष्ण चौधरी भन्छन्, ‘‘गाउँंका धेरै महिलाले आफूले उत्पादन गरेको तरकारी हाट बजारमा लगेर बेच्ने बानीको विकास भएको छ ।’’ चौधरी यस वर्ष च्याउ खेतीबाट धेरै महिला समूहले एक याममा रु५० हजारदेखि रु. एक लाखसम्म बचत गरेको बताए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार ०८:०७ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...