back
CTIZAN AD

कतारको तारे होटलमा नेपाली दोहोरी साँझ सञ्चालन हुँदै, पहिलो दिनमै विशेष छुट

वि.सं.२०७६ जेठ २१ मंगलवार

630 

shares


करिम बक्स मियाँ, दोहा
आगामी ईदको अबसर पारेर कतारमा दाहोरी साँझ सञ्चालनमा आउने भएको छ । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा आगामी ५ जुनमा “आसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट एण्ड बार’ सन्चालन हुने भएको छ ।

गैर आवासीय नेपाली संघका मध्यपुर्व सहसंयोजक तथा व्यावसायी प्रविण गुरुङ तथा उनकी धर्मपत्नी सरिताको लगानीमा उक्त दोहोरी एण्ड गजल रेस्टुरेन्ट एण्ड बार कतारमा संचालनमा आउन लागेको हो ।

सन्चालक गुरुङ अनुसार करिब ४ लाखको हारहारीमा कतारमा रहेका नेपालीजनहरुलाई भरपुर मनोरञ्जन दिने हेतुका साथ उक्त रेस्टुरेन्टमा नेपाली कला संस्कृती झल्किने गरि दक्षिण एसियन संस्कृतिलाई समेत ध्यानमा राखेर रेस्टुरेन्टको व्यबस्थापन गरिएको रेस्टुरेन्ट एन्ड बारका सन्चालक गुरुङले जानकारी दिए ।

आगामी जुन ५ तारीक बेलुकी ५ बजे गरिने रेस्टुरेन्टको उद्घाटनमा ग्राहक मेम्बरशिपको लागि कतारी आईडीको आधारमा शुल्क ५० निर्धारण गरिएको भएपनी उद्घाटनमा सरिक हुने सबैका लागि ५० प्रतिशत छुट दिइने सन्चालकले जानकारी दिएका छन् ।

त्यसैगरी महिलाहरुका लागि एकपटकको लागि पेयपदार्थ निःशुल्क रहने र नेपाली ग्राहकहरुको लागि मेन्युमा २० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको सन्चालक गुरुङले बताए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १४:५१ मा प्रकाशित