back

राष्ट्रिय पुरुष भलिबलमा आर्मी र गण्डकी प्रदेशको लगाचार तेस्रो जित

वि.सं.२०७६ जेठ २१ मंगलवार

585 

shares

२१ जेठ, काठमाडौँ । नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं २ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने गण्डकी प्रदेशले पनि कर्णाली प्रदेशलाई समान ३–० कै सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

यसअघि भएको पहिलो खेलमा आर्मीले सुदूरपश्चिमलाई पराजित गरेको थियो भने दोस्रो खेलमा प्रदेश नं १ लाई पराजित गरेको थियो । त्यस्तै गण्डकी प्रदेशले पहिलो खेलमा प्रदेश नं ५ लाई हराएको थियो भने दोस्रो खेलमा प्रदेश नं ३ लाई पराजित गरेको थियो । आर्मीले प्रदेश नं २ लाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१३ ले पराजित ग¥यो । त्यसैगरी गण्डकी प्रदेशलले कर्णाली प्रदेशलाई २५–२१, २७–२५ र २५–१४ को सेटमा पाखा लगाएको थियो । जितसँगै समान तीन–तीन खेल खेलेको दुवै टोलीले समान नौ अङ्क जोडेका छन् ।

समूह ‘क’ मा रहेको विभागीय टोली आर्मी अङ्क तालीकाको शीर्षस्थानमा छ । त्यस्तै दुई खेल खेलेको प्रदेश नं २ अङ्कविहीन छ । त्यसैगरी समूह ‘ख’ मा रहेको गण्डकी प्रदेश शीर्षस्थानमा रहेको छ भने दुई खेल खेलेको कर्णाली प्रदेश दुवै खेलमा पराजित भएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पाउनेछन् भने तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछन् ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १४:५९ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...