back

हिमालयन हाइड्रोले २२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्दै

वि.सं.२०७६ जेठ २१ मंगलवार

828 

shares


२१ जेठ, काठमाडौँ । हिमालयन हाइड्रो पावर लिमिटेड(Himilayan Hydro Power Ltd.)ले साधारण शेयर(आईपिओ) निष्कासन गर्दैछ । हिमालयन हाइड्रोले रु १०० अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

कुल निष्कासन गर्ने भनिएको कित्तामध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ ।

आईपीओ निष्कासन प्रक्रियाका लागि हिमालयन हाइड्रो र जनता क्यापिटल(Janata Capital)बीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा जेठ २१ गते हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलको तर्फबाट कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

आइपीओ निश्कासन गर्न लागेको हिमालयन हाइड्रोले आगामी दशैंसम्ममा विद्युत उत्पादनको लक्ष्य राखेको छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १५:१३ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...