back

गोसाइँकुण्डमा आजदेखि गङ्गा दशहरा मेला शुरू

वि.सं.२०७६ जेठ २१ मंगलवार

813 

shares

 

२१ जेठ, रसुवा । गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला आजदेखि शुरू भएको छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा आजदेखि २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्डमा स्नान र पूजाआरधना गर्नाले भगवान शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकाङ्क्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको छ ।

दशहरा पर्वमा पाँच हजार भक्तजनको आगमन हुने लक्ष्य राखिएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थ जाने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ तीर्थ जाने सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको हो ।

चन्दनवारीका होटल व्यवसायी पासाङघिर्मी तामाङले भने, “धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनवारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलका खाद्यान्न भण्डारण भइसकेकाले त्यहाँका व्यवसायी यात्रुमाझ सेवा दिन आतुर रहेको बताए ।

गोसाइँकुण्ड जाने भक्तजनका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाई सकिएको बताउँदै जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले कुनै पनि यात्रुलाई कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं ०१०–५४०१९९ वा १०० मा फोन गर्न आग्रह गरिएको जानकारी दिए ।

लौरीको लागि निगालो मात्र प्रयोग गर्न र गोसाइँकुण्ड तथा धार्मिक मार्गका भूभागमा जथाभावी फोहर नफ्याँक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १५:४९ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...