back

शेयर बजार आज साढे तीन अङ्कले घट्यो

वि.सं.२०७६ जेठ २१ मंगलवार

510 

shares

 

२१ जेठ, काठमाडौँ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ ।
स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेको छ । होटल ३२.६७, विकास बैंक २.४९, वित्त ०.४ र उत्पादन उपसमूह ४१.०२ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ २.८७, व्यापार २.५३, जलविद्युत् ७.७९, निर्जीवन बीमा ५५.०३, अन्य ५.०२, लघुवित्त १२.४०, जीवन बीमा २५.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार शिवम् सिमेन्टको शेयर सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको रु १२ करोड १३ लाख ११ हजार ८८९, प्रभु बैंक रु नौ करोड ३३ लाख ५४ हजार ४९०, नेपाल बैंक लिमिटेड रु चार करोड ८७ लाख ६२ हजार ४६६, तारागाँउ रिजेन्सी होटल रु दुई करोड ३८ लाख ५९ हजार ६९४, कन्काई विकास बैंक रु दुई करोड १६ लाख ७० हजार ७८३, कृषि विकास बैंक रु दुई करोड दुई लाख ३५ हजार २३८, माथिल्लो तामाकोशी रु एक करोड ९४ लाख ६ हजार १५९ र एनसिसी बैंकको रु एक करोड ६९ लाख ३२ हजार ७१० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ६.९८ प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ६.८५, कन्काई विकास बैंक ५.३८, गुह्येश्वरी मर्चेन्ट बैंक ४.७२, कैलाश विकास बैंक ३.४३ प्रतिशतले कमाए ।
त्यस्तै जोशी हाइड्रो पावर ६.३८, मल्टीपर्पोज फाइनान्स कम्पनी ६.०८, मितेरी डेभलपमेन्ट बैंक ५.६०, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ५.३७, मञ्जुश्री फाइनान्स ४.७२ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ४.२० प्रतिशतले गुमाए ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १७:१७ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...