
२१ जेठ, काठमाण्डौं । २०७५ को एसईई रिजल्ट असार ५ गते आउने भएको छ ।
सोमबार बसेको परिक्षा नियन्त्रण कार्यालयको बैठकले असार ५ गते एसईईको रिजल्ट प्रकाशन गर्ने निर्णय गरेको हो ।
कार्यालयका अनुसार जेठ ३० गतेसम्म उत्तर पुस्तिकाहरु जाँचेर डाटा इन्ट्रि गर्ने काम सकिने र असारको पहिलो साता ५ गते रिजल्ट सार्बजनिक गरिने भएको हो ।
वि.सं.२०७६ जेठ २१ मंगलवार १८:११ मा प्रकाशित