back

व्यवसायीले उडान ठप्प पारेको भनेपनि विदेश जान रोकिएनन युवा

वि.सं.२०७६ जेठ २१ मंगलवार

615 

shares

२१ जेठ, काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन ।

आफूहरुले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् ।

श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताए । उनले भने, “व्यवसायीले भनेजस्तो कामदारको उठान ठप्पै भएको भन्ने होइन, यसअघिका दिनकै अनुपातमा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् ।”

आज अपराह्न ३ बजेसम्म ३५० कामदार संस्थागत श्रम स्वीकृति लिएर उडेको उनले बताए । त्यसैगरी सोमबार संस्थागत श्रम स्वीकृति लिएका ३२९ र व्यक्तिगत श्रम स्वीकृति लिएका ५७४ युवा विदेशिएका प्रमुख घिमिरेले जानकारी दिए । व्यवसायीको आन्दोलनका वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या केही कम देखिएको उनको भनाइ थियो । सोमबार र मङ्गलबार वैदेशिक रोजगारीमा जाने युवामा अधिकांश मलेसियाका लागि ‘कलिङ भिषा’ पाइसकेका कामदार रहेका छन् ।

सङ्घमा आबद्ध व्यवसायीले यही जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर छबुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

सङ्घले इजाजत लिन राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्न, मर्जर हुने संस्थालाई उपयुक्त छुट, सुविधा र सहुलियत दिन, मन्त्रालयमा सूचीकृत मेडिकल संस्थामार्फत् मलेसियामा नेपाली कामदार पठाउने व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १९:०६ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...