back

विश्व वातावरण दिवसको अवसरमा चार बिघा जग्गामा वृक्षरोपण

वि.सं.२०७६ जेठ २२ बुधवार

756 

shares

 

२२ जेठ, भद्रपुर । विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्ला सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् ।

डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला समन्यव समितिका संयोजक सोेमनाथ पार्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत जिल्लाका सबै कार्यालयका प्रमुखले बिरुवा रोपेका हुन् ।

बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सांसद बुढाथोकीले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सामुदायिक वनका कर्मचारी र पदाधिकारीलाई अनुरोध गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले ताप्लेजुङ जिल्लाबाट मगाएर झापामा परीक्षणका लागि लामपाते जातको बिरुवा चाँडै हुर्कने, काठ पनि राम्रो हुने र अक्सिजन बढी दिने हुँदा रोपिएको बताए ।

कार्यक्रमस्थलमै डिभिजन वन कार्यालयले प्रत्येक व्यक्तिलाई मेवा, आँप, लिचीलगायत बिरुवा वितरण गरेको थियो । जिल्लाका १५ स्थानीय तहले वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएका हुन् ।

वि.सं.२०७६ जेठ २२ बुधवार ११:०९ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...