back

नेपाली लेखक संघमा गणतन्त्रको यात्रामाथि परिचर्चा

वि.सं.२०७६ जेठ २२ बुधवार

366 

shares
GLOBAL IME AD
NTC AD


२२ जेठ । राजनीतिज्ञ एवम् चिन्तक नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ पुस्तकमाथि हालै पोखरामा परिचर्चा गरिएको छ । नेपाली लेखक संघ, कास्कीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पुस्तकका लेखक एवम् राजनीतिज्ञ नरहरि आचार्यले गणतन्त्र स्थापनाका क्रममा आफूले भोगेका राजनीतिक, पारिवारिक, साहित्यिक एवम् विविध सन्दर्भलाई यस पुस्तकमा समेटिएको बताए । पुस्तकमा रहेका त्रुटि आफ्ना सम्पत्ति भएको समेत बताए । गणतन्त्र र प्रत्यक्ष कार्यकारीको वैचारिक अडान अद्योपान्त कायम रहेको समेत सो अवसरमा बताए । आफूले विशेष जोड दिएको निरन्तर प्रत्यक्ष कार्यकारीको सन्दर्भ कम्युनिस्टले आफ्नो निजी सम्पत्ति मानेकामा उनीहरूको दुई तिहाइको सरकार रहेका बेलामा प्रत्यक्ष कार्यकारीको व्यवस्था लागु गर्न सक्ने सामथ्र्य भए नभएको परीक्षण हुने बताए । तिन वर्ष स्वास्थ्यका कारणले पर्दापछाडि रहेको र यस पुस्तकमार्फत आफू पुनः जनतामाझ साक्षात्कार गर्न आएको बताउँदै आचार्यले सो पुस्तक केबल बन्दी बन्दाको समयको डायरी मात्र नभएर एक दशक लामो समय चलेको गणतन्त्र स्थापनाको रस्साकस्सी र विचार मन्थनको दस्ताबेज भएको उल्लेख गरे । राजाहरूको सत्तामोह र अहङ्कारका कारण गणतन्त्र अपरिहार्य बन्दै गएको र ७० वर्षसम्म तिन पुस्ताका राजाहरूले गरेको उपद्रोकै परिणामका रूपमा गणतन्त्र आइपुगेको सन्दर्भसमेत आचार्यले जोडे ।

कार्यक्रमका प्रमुख वक्ता धनराज गुरुङले विचारलाई कुनैपनि शक्तिले कहिल्यै बन्दी बनाउन नसकेको दृष्टान्तका रूपमा पुस्तक इतिहासको वैचारिक दस्ताबेज बनेर उभिएको उल्लेख गरे । लोकतन्त्र हरेक दृष्टिले वैज्ञानिक नाम भएको उल्लेख गर्दै लोकतन्त्रले प्रजातन्त्रलाई विस्थापित गर्दै गणतन्त्रसम्मको यात्राका क्रममा नरहरि आचार्यको विशेष योगदान रहेको बताए । कुनै बाह्य शक्तिको निर्देशनमा राजनीतिक दलको नेतृत्व चलिरहने हो भने राजनीतिक दलको अस्तित्व लामो समय कायम नरहने कुरा व्यक्त गरे । २०५२ मा लोकतन्त्र शब्द प्रयोग गर्ने, २०५४ मा संविधान संशोधनको माग राख्ने काम काँग्रेसका नरहरि आचार्यले गर्ने अनि काँग्रेसलाई गणतन्त्रमा लत्रेर आएको भन्नु हास्यास्पद रहेको सन्दर्भ प्रस्तुत गरे । पुस्तकमा समावेश गरिएका पारिवारिक सन्दर्भ, प्रेमिल सन्दर्भ, नैतिकताको सन्दर्भ असल राजनीतिज्ञका लागि विशेष महत्वपूर्ण हुने उल्लेख गर्दै यी सन्दर्भले आफूलाई निष्ठाको राजनीतिमा लागिरहन विशेष ऊर्जा प्राप्त भएको बताए । पुस्तकमा समाविष्ट गरिबीका सन्दर्भहरूले राजनीतिकर्मीलाई जनतामा समर्पित राजनीति गर्न प्रेरित गर्ने जनाए । वर्तमान सरकारका एक एक कमजोरीलाई काँग्रेस टुलुटुलु हेरेर मुकदर्शक बनेर बस्नु नेपालको राजनीतिक विकासका लागि दुर्भाग्यपूर्ण रहेको भन्दै दुःख व्यक्त गरे ।

पुस्तकमाथि समीक्षकीय टिप्पणी प्रस्तुत गर्दै किशोरदत्त बरालले पुस्तकमा जेलजीवनका भोगाइ, कठिनाई र जेलजीवनमा बन्दीहरूबिचको आत्मीयताका सन्दर्भहरू राजनीतिकर्मीहरूका लागि राम्रो शिक्षा हुने बताए । काँग्रेसमा आन्दोलनताका रहेको आत्मीयता हराउँदा गणतन्त्र संकटमा पर्दै गएको सन्दर्भ पुस्तकले उठाएको बताउँदै पुस्तक समग्रमा सिद्धान्तकेन्द्रित राजनीतिमा लाग्नका लागि उपयोगी रहेको बताए । लेखकले निरन्तर उठाउँदै आएको कार्यकारी प्रमुखको सन्दर्भ पुस्तकमा हराउनु संयोगका रूपमा मात्र रहेको वा काँग्रेसले त्यसलाई प्रमुखताका साथ नउठाएकाले पुस्तकमा त्यसले स्थान नपाएको हो भन्नेबारे संशय रहनु ठिक नभएको सन्दर्भ प्रस्तुत गरे ।

कार्यक्रमकी अर्की टिप्पणीकार बिन्दु पौडेलले पुस्तकले नेपालको राजनीतिको एउटा कालखण्डलाई निकै तथ्यपरक प्रस्तुतिका साथ उठाएको बताइन् । नारीहरूको गणतान्त्रिक आन्दोलनमा विशेष योगदान रहेका कुराहरूले महत्व पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै नारीहरूको योगदानबाट नै गणतन्त्र स्थापनामा बल पुगेको बताइन् ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ र नेपाली लेखक संघका केन्द्रीय उपाध्यक्ष प्रा।डा। कुसुमाकर न्यौपानेले गणतान्त्रिक नेपालको यात्रामा संवैधानिक राजतन्त्र मान्ने काँग्रेसबाटै गणतन्त्रको मागलाई बुलन्द पार्दै निष्कर्षमा पु¥याउन खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।

नेपाली लेखक संघ, कास्कीका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भर्खरै प्राध्यापक र सहप्राध्यापकमा पदोन्नति भएका लेखक संघका पूर्व पदाधिकारी एवम् सदस्यहरू प्रा.डा. नरहरि आचार्य, सह प्राध्यापक डा. भानु शर्मा कँडेल र होमनाथ पौडेललाई सम्मान समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष रीतादेवी कँडेलले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन सचिव सञ्जीव पौडेलले गरेका थिए ।

वि.सं.२०७६ जेठ २२ बुधवार १२:४३ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...