back

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध लगायो

वि.सं.२०७६ जेठ २२ बुधवार

561 

shares

२२ जेठ, वासिङ्टन ।ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ ।

अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ । क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाएने र मानवीय सङ्कट निम्त्याएको अमेरिकी भनाई छ ।

क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले बताए ।

क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल भइछाड्ने दाबी गरे ।तत्कालीन राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो ।

सन् २०१४ मा गरिएको यस व्यवस्थाबाट आधा शताब्दीदेखि जारी अमेरिकी व्यापार नाकाबन्दी केही खुकुलो भएको थियो । तर अमेरिकी सरकारले लगाइआएका कतिपय प्रतिबन्धले पूर्ण रुपमा व्यापार सहजीकरण हुन सकेको थिएन ।

वि.सं.२०७६ जेठ २२ बुधवार १३:१८ मा प्रकाशित

Himalayan Life AD
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...