back

सुडानमा सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

वि.सं.२०७६ जेठ २२ बुधवार

492 

shares

२२ जेठ, खार्तुम ।  सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ ।

परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ ।

सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए ।तर सैनिक कारबाही र चुनावको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएका छैनन् ।

विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेको सेनाले सैनिक परिषद् गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमति जनाएको थियो । तर नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।
धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।

आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो सङ््ख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य सङ्घसंस्थाले पनि खार्तुममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू मारिएको र आपत्कालीन सहयोगको आवश्यकता परेको बताएका छन् ।

सुडानी प्रफेसनल एशोसिएशन (एसपीए)ले सेनाले “नागरिकको आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन “नागरिक अवज्ञा” आन्दोलन गर्न आह्वान गरेको छ । एसपिएले सैनिक सत्तासँग तत्काल वार्ता सम्भव नरहेको बताएको छ ।

सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न सर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

वि.सं.२०७६ जेठ २२ बुधवार १३:३८ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...