back

नुवाकोट र रसुुवामा पनि मनाए इद

वि.सं.२०७६ जेठ २२ बुधवार

405 

shares
GLOBAL IME AD
NTC AD

२२ जेठ,नुवाकोट । मुसलमानको पुरानो बस्ती रहेको त्यहाँको त्रिशूलीका मुसलमानले हर्षाेउल्लासका साथ इद मनाइरहेका छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रका अवसरमा जिल्लामा विभिन्न स्थानमा छरिएर रहेका मुसलमानले आज त्रिशूलीको इदगाहमा भेला भई सामूहिक नमाज पाठ गरेका छन् ।

व्यापार व्यवसायका सिलसिलामा नुवाकोट जिल्लाका देवीघाट, छहरे, वेत्रावती, सामरी, आप्रँह र चोकदे र रसुवा जिल्लालगायत क्षेत्रमा छरिएर रहेका मुसलमानहरु सामूहिक नमाज पाठ गर्न इदगाहमा भेला भएको स्थानीयवासी मोहमद मियाले जानकारी दिए ।

त्रिशूलीमा दुई सय पचास वर्ष अघिदेखि बसोबास गरिरहेका मुसलमानले जिल्लाकोे एक मात्र इदगाहमा भेला भई सामूहिक नमाज पाठ गर्दै एक महिनासम्मको रमजान रोजा उपवास सकिएको खुशीयालीमा एकार्कासँग आलिङ्गन गर्दै इद मुबारक साटेको मौलना अब्दुल बहावले जानकारी दिए ।

तीन दिनसम्म हर्षाेउल्लासपूर्वक मनाइने सो पर्वका अवसरमा मुसलमान समुदायले विशेषतः ‘सेवई’ को परिकार आफन्त र छरछिमेकीलाई खुवाउने चलन छ ।

नमाज पाठपछि उनीहरुले दानसमेत गरेका । मुसलमानले इदका अवसरमा कमजोर आर्थिक अवस्था भएकाहरुलाई आफ्नो कमाइको १० प्रतिशत दानसमेत गर्ने चलन छ । रोजा, नमाज, जकात, हज र फित्तरा पाँच आधारभूत कुरा मुसलमानका लागि महत्वपूर्ण भएको मौलना बहावले बताए ।

वि.सं.२०७६ जेठ २२ बुधवार १३:५५ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...