गल्ती भो भुलले समस्त जनता, आक्रोसको कारण
जे भो त्यो दुख लाग्छ भन्न पनि लौ, खेप्नै पर्यो ताडन
त्यो आक्रोस निजी थिएन न त थ्यो, कोही कमीसन् बढा
यौटै माग थियो बनोस पथ त्यो, संमृध्दिको शृङ्खला
हाम्रा धुर्मुसको कला बहकियो, रोईदिए धर्धरी
रोयो चित्त स्वभाबिकै पनि थियो, बर्से कमेन्ट बर्बरी
कोही कुक्कुर भन्दथे रिसगरी, भुकेर संजालमा
खाते चोर गधा भनेर कतिले, थुकेर संजालमा
सीमाको हद त्यो रहेन अझ लौ, धुर्मुस कि सुन्तली
चर्को त्यो स्वरले अराजक भनी, बोल्थिन् अनेकौं थरी
यो हो चोर अनागरिक जन हो, भन्दै कराइन् उनी
मर्यादा पनि ख्याल राख्न नसकी, आफै हराइन् उनी
गल्ती भो भुलमा परन्तु न कुनै, मान्छे मरेका थिए
तेत्रो के अपराध भो र नबुझी, मान्छे त्यसै रन्किए
सीमामा जहिल्यै पनि बिमतिमा, द्वन्दै हुने गर्दछन्
जो बोल्दैन उही पिसिन्छ बिचरा,अन्याय मै मर्दछ्न्
यो आवाज त्यही गरिवहरुको, चित्कारको द्वन्द हो
यो डोजर् पनि त्यै हठी नियतिको, यौटा परिवन्द हो
जे भो त्यो सबबाट पाठ सिक्दै, संमृध्दिको भावना
गर्नै पर्छ मिलेर कार्यहरु ती, हाम्रो यही चाहना

वि.सं.२०७६ जेठ २२ बुधवार १४:०४ मा प्रकाशित




























