back

पत्रकार महासंघ कतार शाखाले एकैदिन दुई कार्यक्रम गर्दै, कार्यक्रमको तयारी पूरा

वि.सं.२०७६ जेठ २२ बुधवार

501 

shares

भोला थापा

नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजन गर्न लागेको मनोरञ्जन साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

बुधबार बसेको महासंघ कतारको छलफलका क्रममा कार्यक्रमको तयारी पुरा भएको अध्यक्ष करिम बक्सँ मियाँले जानकारी दिएका हुन् । छलफलकै क्रममा मियाँले कलाकार सोताङ र प्रशिक्षक पोख्रेल आगामी ११ जुनमा कतार आउने पक्का भएको पनि जानकारी दिए ।

उनले कतारमा बिशेषत सामाजिक गतिवीधि र समाजसँंग जोडिएका बिषयहरुमा अन्तकृया तथा खबरदारि कार्यक्रमहरु गर्दै आईरहेको कतार शाखाले साँगितिक कार्यक्रममा पहिलो अनुभव रहेको हुदाँ कतारमा रहेका नेपाली समुदयाहरुले आगामी १४ जुनका दिन कतारको सनैया स्थीत अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा उपस्थीती भइ कार्यक्रमलाई भव्य रुपमा सफल पारिदिन आग्रह समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघले उक्त दिन दुई किसीमको कार्यक्रम गर्ने भएको छ, जसमा कुन कार्यक्रममा कतिको सम्मको टिकट लिनु पर्ने र कुन समयमा जाने भन्ने कुरा महासंघले छलफका क्रममा जानकारी दिएको छ ।

जसमा महासंघले पहिलो कार्यक्रम “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” स्थानिय समयअनुसार तोकिएको स्थानमा बिहान ठिक १० बजे बाट सुरु गर्ने छ भने, तालिम पश्चात सहभागीहरुलाई एक दिने पत्रकारिता तालीम प्रमाण पत्र वितरण गर्ने छ भने उक्त कार्यक्रमका लागी टिकट शुल्क कतारी रियाल ५० निर्धारण गरिएको छ ।

प्रशिक्षण कार्यक्रम पश्चात सोहि हलमा “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६” दिनको ३ बजे बाट सुरु हुने उक्त कार्यक्रममा उदयमनिला सोताङ युगल जोडिले कतारबासी नेपालीहरुलाई मिठामिठा गितले भरपुर मनोरञ्जन दिलाउने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमका लागी आयोजकले विभिन्न तहका टिकट पनि उपलब्ध रहेको बताइएको छ । जसमा पारिवारिक तर्फ कतारी रियाल (२००) बढीमा ३ जना, प्रथम तर्फ (१००), मध्यम तर्फ (५०) गरि तीन प्रकारका टिकट रहेका छन ।

हाल सम्म उक्त कार्यक्रमलाई सफल पार्नका लागी दोहावासी विभिन्न संघसंस्था, समाजसेवी मनकारीहरुबाट पनि सहयोग उपलब्ध भईरहेको आयोजकले जानकारी दिएको छ भने कार्यक्रमलाई नेपाली कला केन्द्र कतार, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक बाचनालय कतारले सहआयोजक भुमिका निर्वाह गरिरहेको आयोजकले जनाएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १५:०१ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...