back

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा वृक्षारोपण

वि.सं.२०७६ जेठ २२ बुधवार

573 

shares

 

२२ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिएका छन् ।

प्रधानमन्त्री ओलीबाट गत वर्ष विश्व वातावरण दिवस ९ जुन ५० का अवसरमा सिंहदरबार परिसरमा फलफूलका विरुवा रोपण गरी सो अभियान आरम्भ गरेका थिए । सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिसकेको छ ।

साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा खाली र बाँझो जमीनमा फलफूलमा विरुवा रोपण गर्ने नीति अवलम्बन गरिएको छ । सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा आजको अभियानलाई निरन्तरता दिँदै सरकारले राष्ट्रव्यापी रुपमा विस्तार गर्न सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा अनुरोध गरेको छ ।

सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैंची, सुन्तला, आँप, लिची, केरा स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ विरुवा रोपण गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्ति सहभागी थिए ।

वि.सं.२०७६ जेठ २२ बुधवार १५:१३ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...