back

इजिप्टमा आठ अर्धसैनिकको मृत्यु

वि.सं.२०७६ जेठ २२ बुधवार

612 

shares

२२ जेठ, कायरो ।  सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।

चिकित्सकहरुले आक्रमणबाट आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

सुरक्षा अधिकरीहरुकाअनुसार आतङ्ककारी समूहले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो । इजिप्टमा राष्ट्रपति मोहमद मोर्सीलाई सैनिकले अपदस्थ गरेयता आतङ्ककारीहरुको आक्रमणमा परी सयौँ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।

बुधबार बिहान सबेरै भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
विशेषगरी उत्तरी सिनाईमा सन् २०१८ को फेबुअरीदेखि सरकारी सुरक्षाफौजले आतङ्ककारीविरुद्ध भीषण आक्रमण शुरु गरेको थियो ।

सन् २०१८ को फेब्रुरुअरीदेखि हालसम्म यस कारबाहीमा परी ६५० भन्दा बढी आतङ्ककारी मारिएका छन् । त्यसैगरी यस कारबाहीको क्रममा ५० सैनिकको पनि ज्यान गएको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार १५:२७ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...