काठमाडौंका बिभिन्न ब्यबसायीक प्रतिष्ठान, पार्टी प्यालेस तथा निजी घरहरुको सफाईमा नै उनको दिनचर्या बितिरहेको छ । झापाको बुद्धशान्ति गाउँपलिका स्थायी घर भएका लक्ष्मण भण्डारीले दश बर्ष अगाडी अंग्रजी साहित्यमा स्नातकोत्तर गरेका छन् । तर, उनको हातमा सफाई गर्ने मेसिन र केमिकलले बारम्बार स्पर्ष गरिरहेको हुन्छ । कुनै घर वा पार्टीप्यालेसमा उनी एकजना साथी लिएर पुग्दछन र सुरु हुन्छ उनको दिनचर्या बागबजारमा क्लिनिङको अफिस राखेका छन, दुईवटा घरमा फरक फरक ठाउँमा । सम्पर्क अफिस तीन तलामाथि छ भने सामानहरु राख्ने अफिस अर्कै घरमा भुईँ तलामा छ ।
एक निजि कलेजले त मासिक रु २५० तलब बढाउन भन्दा एक महिना बराबरको तलब नै नदिएको उनको भनाइ छ । त्यहिबाट नै उनको आफैं व्यवसायी बन्ने चेतना आएको रहेछ । त्यो घटनाले जीवनको मोड नै बदलीदिएको उनको अनुभब छ ।
अध्ययन पछिको जागिर
२०६५ सालमा किर्तिपुरबाट अंग्रेजी विषयमा स्नातकोत्तर सकेको दुई बर्ष पछि २०६७ सालबाट काठमाडौंका बिभिन्न कलेजहरुमा अध्यापन गराउँदा उनका कयौं अनुभबहरु छन् । पहिलो पटक २०६७ सालबाट जुबलियन्ट कलेज कालिमाटीबाट अध्यापनको सुरुवात गरेर लिटल एन्जल्स कलेज हात्तिवन ललितपुरबाट नै लगभग आफ्नो पढाउने पेशाको अन्त्य गरेको उनको भनाई छ ।
उनी भन्छन् “कामको चाप बढेपछि लिटल एन्जल्समा पढाउन छोडियो,अहिले न्यू समिटमा केहि क्लासहरु त लिंदैछु अब त्यो पनि छाड्नु पर्ने देखिन्छ ।”
कलेज पढाउन थाले पछि नै उनको दिमागमा व्यवसायिक चेत पसेको उनको अनुभब छ । “कलेजहरुमा पढाउँदा एग्रिमेन्ट अनुसारको तलब कहिल्यै पनि समयमा पाईदैन” उनले दुखेसो पोखे “महंगी छ परिवार पाल्नै पर्यो अनि तलब समयमा देउ या थोरै बढाई देउ भन्दा उल्टै समस्यामा पार्छन कलेज सन्चालकहरु ।”
यो दौरानमा एक निजि कलेजले त मासिक रु २५० तलब बढाउन भन्दा एक महिना बराबरको तलब नै नदिएको उनको भनाइ छ । त्यहिबाट नै उनको आफैं व्यवसायी बन्ने चेतना आएको रहेछ । त्यो घटनाले जीवनको मोड नै बदलीदिएको उनको अनुभब छ ।

पढाउन छोडेर सफाई मजदुर
कलेजमा पढाउने कामलाई छोडेर उनले सफाई कम्पनी खोल्ने निधो गरेको बताए । त्यसमा पनि एउटा मालिकको रुपमा हैन आफैंले पनि श्रम गर्ने एक सफाई मजदुरको रुपमा । यो अभियानमा उनलाई निलम निरौला नामका एक साथीले साथ दिएकारहेछन । सफाई मजदुरको रुपमा सुरुमा काम गर्दा आफूले कहिल्यै गर्दै नगरेको काम कसरी सुरु गर्ने भनेर केहि अफ्ठ्यारो र केहि असहज त भयो तर कामले नै काम सिकाउने भएकोले हिम्मत नहारेको भोगाई उनले सुनाए ।
सफाई कम्पनी खोलेको तीन बर्षसम्म त हातले नै केमिकलको प्रयोग गरेर बिभिन्न कम्पनीका अफिसहरु सफा गरेका रहेछन् उनले । अहिले भने उनीसंग सफाईमा प्रयोग हुने एक सेट मेसिन छ । दुइ बर्ष अगाडी रु पाँच लाखमा सो मेसिन किनेका उनले अहिले त्यहि मेसिनको सहायताले सफाई गर्ने गरेको उनले सुनाए ।
“हामी जुन ठाउँमा जान्छौं जतिसुकै समय लागे पनि ग्रहाकलाई सन्तुष्ट पारेर मात्र फर्कन्छौ” उनले भने “यहि भएर नै हामी यहाँ टिकीरहेका छौं” । नेपालमा सफाई गर्नेलाई हेलाको दृष्टिकोणले हेर्ने चलन भएको उनको बुझाई छ । तर संसासमा सफाई गर्ने ठूल-ठूला कम्पनीहरु भएको र तीनलाई हेर्ने मानिसहरुको दृष्टीकोण पनि सकारात्मक नै पाएको उनको भनाई छ । सुरुका दिनहरुमा सफाई गर्दा निकै अफ्ठ्यारो भए पनि प्रबिधिको कारणले अहिले राम्रो सफलता हात पर्दै गएको उनले सुनाए ।
गुगल र यूट्युबको सहायताले सफाईमा प्रयोग हुने केमिकलको मात्रा सफाई गर्ने तरिका थाहा पाएको पनि उनको अनुभव छ । “सुरुमा त केमिकलको मात्रा मिलाउन नजान्दा कतिपय ठाउँमा समस्या नै भयो तर अहिले त्यो समस्या पुर्णरुपले हल भएको छ।” उनले भने ।
“हामी जुन ठाउँमा जान्छौं जतिसुकै समय लागे पनि ग्रहाकलाई सन्तुस्ट परेर मात्र फर्कन्छौ” उनले भने “यहि भएर नै हामी यहाँ टिकीरहेका छौं” ।
१६५ अफिसमा ६२ लाई रोजगारी
काठमाडौंको पुतलीसडकमा रहेको सुबेदी फाउण्डेशन र डिल्लिबजारमा रहेको सिमा एजुकेसनबाट पहिलो पटक सफाईको काम सुरु गरेका उनीसंग अहिले १६५ अफिसहरु नियमित सम्पर्कमा भएको र ६५ दिदी बहिनीहरुलाई रोजगारी दिइरहेको उनले सुनाए । “नेपाल सरकारले तोकेको न्युनतम तलबमा हामीले काम लगाएका छौं ।” उनले भने “हामी आफै पनि सरकारले तोकेको मापदण्ड अनुसार नै तलब लिन्छौं, श्रम शोषण पनि गर्दैनौ” ।
नेपालमा कामलाई नै हेला
नेपालमा श्रमको कुने मूल्य नै नभएको उनको अनुभब छ । सफाइ गर्ने भने पछि मानिसले गर्ने व्यबहार नै फरक पर्ने उनले सुनाए । सफा गर्ने, बढार्ने भनेपछि मनिसहरु बोल्न पनि हिचकिचाउने र तल्लो दर्जाको नागरिको व्यवहार गर्ने गरेको उनले अनुभब सुनाए । पछिल्लो पटक आफूसंगै लिटल एन्जल्समा पढाउने साथीहरुसंग भेट हुँदा सफाईको काम गर्दैछु भन्दा नपत्याउने गरेको उनले सुनाए । कुनै कुनै घरमा काम गर्न जाँदा त्यति राम्रो नजरले हेर्दैनन तर जब हामी कुरा गर्न थाल्दछौ हामीसँग गर्ने व्यवहार पनि फरक परिहाल्छ । गुड एण्ड वेल ब्यबहार गर्दछन् ।
काम जस्तोसुकै भए पनि सानो हुँदैन
नेपालीहरुमा एउटा दम्भ छ, पढेको मान्छेले जागिर मात्र खानु पर्दछ या पढाउने काम मात्र गर्नुपर्दछ भन्ने । तर हाम्रो देशमा काम नै काम कति छ कति । गर्ने मान्छे मात्र छैन त्यहि भएर निर्माण, सफाई लगायतका ठाउँहरुमा कामदारहरु नपाएर भारत लगायतका ठाउँहरुबाट महंगो मूल्य तिरेर ल्याउनु परिरहेको छ । हामीले पढेको र फरक ढंगले मिहेनत गरेको देख्दा हामी आफैंलाई नै अनौठो लागेको छ ।
प्रस्तुति:राजेन्द्र बराल
भिडियो
वि.सं.२०७६ जेठ २२ बुधवार १६:०२ मा प्रकाशित






















