back

हिलपार्क सफाई गर्न बुटवल पुगे अभियन्ता निपेश ढाका (भिडियोसहित)

वि.सं.२०७६ जेठ २२ बुधवार

651 

shares

२२ जेठ, काठमाण्डौं । विश्व वातावरण दिवसको अवसर पारेर रुपन्देही जिल्लाको वुटवल उपमहानगरपालिका वडा नं ११ मा रहेको हिलपार्कमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

Greenery Nepal अभियान अन्तगर्त वातावरणविद् निपेश ढाकाको संयोजकत्वमा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

विहान ६ बजे देखि शुरुभएको उक्त कार्यक्रम ९ बजेसम्म चलेको थियो । वुटवल बजारको नजिक रहेको यस पार्कमा विहान व्यायाम गर्ने देखि घुम्नको लागि दैनिक रुपमा हजारौं मानिसहरुको आगमन हुने गरेको छ । तर केहि समयदेखि अध्यधिक मानवचाप र चेतनाको अभावमा निकै फोहर हुँदै आईरहेको छ । यहाँको वाटो वरिपरि र वनमा असंख्य खाध्यान्नका प्याकेटहरु, शिशा, रक्सिका वोत्तल, पानीका वोत्तल, सुर्ती लगायत पोलिथिनजन्य पर्दाथहरु देख्न पाईन्छ । यसले सामाजिक असभ्यता मात्र हैन वातावरणमा पनि प्रतिकुल असर परिरहेको छ ।

हिलपार्कको शिर स्थानदेखि माथिल्लो वेससम्म ३ घण्टा समय लगाएर संकलन गरिएको करिब ३० फोहरका बोरा हिलपार्क समितिका संयोजक मनोज खड्कालाई अभियन्ता निपेश ढाकाले हस्तान्तरण गरेका थिए ।

त्यस पार्कको धेरै स्थानहरुमा अनगिन्ती फोहर रहेको र त्यसको संकलनका लागि छिटैने फोहर संकलन कार्यक्रम गर्ने तयारी पनि रहेको छ । आगामि दिनहरुमा हिलपार्कमा यसरी जथाभावि पोलिथिन जन्य पदार्थहरु फाल्नको लागि हिलपार्क व्यवस्थापन समितिको ध्यानाकर्षण गर्नलाई पनि यस कार्यक्रमको आयोजना भएको हो ।

विगत ७ यता नेपाल अधिराज्यभरि वातावरण सम्बन्धि चेतनामूलक कार्यक्रम गर्दै आएका अभियन्ता ढाकाले ‘जोगाऔं माटो, जल, जमिन, जंगल, यहि हो हाम्रो धन नयाँ नेपालको संकल्प’ भन्ने नारा दिएर शुरु गरिएको यो अभियान अन्तर्गत रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा यस्तै वातावरण सम्बन्धि चेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
यसपार्कमा प्रवेशको लागि विहान ८ बजेसम्म खुला गरिएको छ । त्यसपछि प्रवेश शुल्क लाग्दछ । बुटवल आसपास क्षेत्रका मानिसहरुको लागि रोजाईमा रहेको यसपार्कमा यस्ता कृयाकलापहरु रोक्नको लागि अति जरुरी छ । त्यस्तैगरी यस अभियानलाई रुपन्देही जिल्लाका हरेक स्थानमा पुर्याउने उदेश्य लिईएको छ । जर्मर्नीको टेक्निकल युनिभर्सिटि म्युनिखबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्किएका अभियन्ता ढाका नेपालका विभिन्न भौगोलिक, सामाजिक र पर्यावरणीय अध्ययन र अनुसन्धान गरिहेका छन् ।

हरियाली नेपाल अभियानले वातावरण सम्बन्धि चेतनामुलक वृत्तचित्र मिलानकोली अहिले रुपन्देही जिल्लाका विभिन्न स्कुल कलेज र शैक्षिक संस्थाहरुमा प्रदशर्न भईरहेको छ । देशका हरेक भू-भागका प्राकृतिक स्रोतका संरक्षणमा जुट्नको लागि अपिल गरिएको यस अभियानले आगामि दिनमा यस्तै विभिन्न वातावरण तथा पर्यावरण सम्बन्धि चेतनामुलक कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यस अभियानको आयोजक सिम नेपाल संस्था रहेको छ ।

वि.सं.२०७६ जेठ २२ बुधवार २१:०० मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...