back

जागरण होइन चौथो महाधिवेशन आवश्यक– नेता कोइराला

वि.सं.२०७६ जेठ २३ बिहीवार

555 

shares


२३ जेठ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला(Dr, Shekhar Koirala)ले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताएको छन् ।

नेपाली काङ्ग्रेस पनौती नगरसमितिले बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने बताए ।

उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो ?” अहिले काङ्ग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो । “मेरै क्षेत्रमा तीन/तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा काङ्ग्रेस चुकिरहेको छ ।”

नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगाए ।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहालले जिल्ला/जिल्लामा प्रशिक्षण विभाग गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र कार्यक्रममा विशिष्ट अतिथि, अतिथि भनेर बोलाउने काम बन्द गर्नुपर्ने बताए ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ०७:३९ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...