२३ जेठ। काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परिक्षाको अन्तिम नतिजा प्रकासन नगर्न पत्राचार गरेको छ ।
सेवा आयागले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘ यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौं । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौं, यदि परीक्षामा अनियमिता भएको ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ ।’ बिहीबारको राजधानी दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ २३ बिहीवार ०८:१८ मा प्रकाशित