back

पान्डाले यस वर्षकै पहिलो बच्चा जन्मायो

वि.सं.२०७६ जेठ २३ बिहीवार

615 

shares

२३ जेठ, चेङ्दु । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ ।

स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् ।
चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६.८ ग्रामको पोथी पान्डाको जन्म भएको हो ।

जी ली नाम दिइएको आमा पान्डाले बच्चालाई राम्रोसँग हेरचाह गरेको पनि अधिकारीहरुले बताएका छन् । जी लीको यो दोस्रो सन्तान हो । जी ली सन् २००७ मा जन्मिएकी थिई ।

गत वर्षको नोभेम्बरसम्म विश्वभर नै संरक्षित पान्डाको संख्या ५४८ वटा रहेको छ ।

हाल विश्वभर दुई हजारभन्दा कम संख्यामा मात्र पान्डाहरु जंगलमा रहेका छन् । चीनमा सिचुआन र शाङ्सी प्रान्तमा पान्डा भेटिन्छन् ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १३:५९ मा प्रकाशित

Himalayan Life AD
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...