back

सहज जित निकाल्दै पुलिस क्लब फाईनलमा प्रवेश

वि.सं.२०७६ जेठ २३ बिहीवार

507 

shares

२३ जेठ, काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज(बिहिबार)को खेलमा नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेट जित निकाल्दै पुलिस फाईनलमा पुगेको हो । फाइनल खेल विभागीय टिम आर्मी र पुलिस क्बल बीच हुने भएको छ । उपाधिको लागि आर्मी र पुलिस शनिवार भिड्ने छन् ।

आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

सामान्य ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । पुलिसका लागि पवन सरार्फले १४ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा बनाए । दिपेन्द्र सिंह ऐरीले १३ रनको योगदान दिए । सातौ ओभरको पाँचौ बलमा बसन्त रेग्मिले क्याच आउट गराउनु अघि १४ बलमा २ चौका प्रहार गरे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोडेको थियो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १६:१४ मा प्रकाशित

Himalayan Life AD
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...