back

महानगरको १५ दिने सूचनाप्रति कांग्रेसको आपत्ति

वि.सं.२०७६ जेठ २३ बिहीवार

573 

shares

२३ जेठ, पोखरा । नेपाली काङ्ग्रेस कास्कीले पोखराको फेवाताल संरक्षणका सम्बन्धमा पोखरा महानगरपालिकाद्वारा प्रकाशित १५ दिने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली काङ्ग्रेस कास्कीका सभापति बृष्णबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै फेवाताल संरक्षण र त्यस क्षेत्रको विकासका लागि भन्दै क्षतिपूर्ति बिना भत्काउने सूचना जारी हुनुले व्यक्तिको सार्वभौम सम्पत्तिमाथिको अधिकार हनन भएको बताएका छन् ।

महानगरपालिकाले २०७६ जेठ ९ गते स्थानीय पत्रपत्रिकामा तोकिएको ६५ मिटर मापदण्डभित्र रहेका व्यक्तिको जमीन र त्यसभित्र बनेका संरचना १५ दिनभित्र हटाउन सूचना प्रकाशित गरेको थियो ।

सरकारी नियमले कुनै पनि योजना ल्याउँदा व्यक्ति विशेषको जमीन आवश्यक भएमा प्रचलित मूल्यअनुसार क्षतिपूर्तिसहित अधिकरण गरी मुआब्जा दिएर मात्र राज्यले लिनुपर्ने कानूनी प्रावधान रहेको काङ्ग्रेसले जनाएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १८:२५ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...