back

कैलाली र कन्ञचनपुरमा हावाहुरीका कारण १ को मृत्यु ६७ बढी घाईते, चार गम्भीर

वि.सं.२०७६ जेठ २४ शुक्रवार

666 

shares
GLOBAL IME AD
NTC AD

२४ जेठ,काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको कैलाली कन्चनपुरमा आएको हावाहुरीका कारण एकजनाको ज्यान गएको र ६७ बढी घाईते भएका छन् ।

विहिबार बेलुका ७ बजेतिर आएको हावाहुरीका कारण टिकापुर नगरपालिका २ का ४७ वर्षीय लहानु दवौराको मृत्यु भएको ६ भने ६७ बढी घाईते भएका छन् । जसमा ४ जना गम्भीर घाईते भएको र २ जनालाई उपचारका लागि भारततर्फ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डांगीले संसारन्युजलाई जानकारी दिएका छन् ।

घाईतेहरुको सेती अन्चल अस्पताल र नीजी अस्पताल नवजीवन, पद्मा लगायतमा उपचार भइरहेको पनि डाँगीले बताए । जसमध्ये ३५ जना उपचार पश्चात घर फर्किएको पनि डाँगीले जानकारी दिएका छन् ।

विहिबार बेलुका ७ बजेतिर आएको भिषण हावाहुरीका कारण मानिविय क्षतिको विवरण संकलन गरिएपनि भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा रहेको डाँगीले बताए । लाइन नभएको कारण रातिमा काम हुन नसकेको उनले बताएका छन् ।

त्यस्तै विहिबार बेलुकी नै गोदावरी नगरपालिका जमुना भारीमा ट्रिपर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हावाहुरीकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
हावाहुरीका कारण पोल ढल्दा एउटा कार पनि च्यापिएको र कार चारक दिपक बस्नेत र अर्का व्यक्ति सुरज बोहराको सकुशल उद्धार गरिएको पनि डाँगीले बताएका छन् ।

त्यस्तै कन्चनपुरमा पनि केही मानिसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । त्यहाँपनि क्षतिको विवरण संकलन भइनसकेको बताइएको छ ।

काठमाण्डौंमा पनि हावाहुरी
काठमाण्डौंमा पनि शुक्रबार बिहान ५ बजेदेखि भिषण हावाहुरी र वर्षा आएको छ । अहिले हावाहुरी रोकिए पनि वर्षा र चट्याङ पर्ने क्रम जारी रहेको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार ०६:१४ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...