back

कैलाली र कन्ञचनपुरमा हावाहुरीका कारण १ को मृत्यु ६७ बढी घाईते, चार गम्भीर

वि.सं.२०७६ जेठ २४ शुक्रवार

897 

shares

२४ जेठ,काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको कैलाली कन्चनपुरमा आएको हावाहुरीका कारण एकजनाको ज्यान गएको र ६७ बढी घाईते भएका छन् ।

विहिबार बेलुका ७ बजेतिर आएको हावाहुरीका कारण टिकापुर नगरपालिका २ का ४७ वर्षीय लहानु दवौराको मृत्यु भएको ६ भने ६७ बढी घाईते भएका छन् । जसमा ४ जना गम्भीर घाईते भएको र २ जनालाई उपचारका लागि भारततर्फ लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश डांगीले संसारन्युजलाई जानकारी दिएका छन् ।

घाईतेहरुको सेती अन्चल अस्पताल र नीजी अस्पताल नवजीवन, पद्मा लगायतमा उपचार भइरहेको पनि डाँगीले बताए । जसमध्ये ३५ जना उपचार पश्चात घर फर्किएको पनि डाँगीले जानकारी दिएका छन् ।

विहिबार बेलुका ७ बजेतिर आएको भिषण हावाहुरीका कारण मानिविय क्षतिको विवरण संकलन गरिएपनि भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा रहेको डाँगीले बताए । लाइन नभएको कारण रातिमा काम हुन नसकेको उनले बताएका छन् ।

त्यस्तै विहिबार बेलुकी नै गोदावरी नगरपालिका जमुना भारीमा ट्रिपर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हावाहुरीकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
हावाहुरीका कारण पोल ढल्दा एउटा कार पनि च्यापिएको र कार चारक दिपक बस्नेत र अर्का व्यक्ति सुरज बोहराको सकुशल उद्धार गरिएको पनि डाँगीले बताएका छन् ।

त्यस्तै कन्चनपुरमा पनि केही मानिसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । त्यहाँपनि क्षतिको विवरण संकलन भइनसकेको बताइएको छ ।

काठमाण्डौंमा पनि हावाहुरी
काठमाण्डौंमा पनि शुक्रबार बिहान ५ बजेदेखि भिषण हावाहुरी र वर्षा आएको छ । अहिले हावाहुरी रोकिए पनि वर्षा र चट्याङ पर्ने क्रम जारी रहेको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार ०६:१४ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...