२४ जेठ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि अब म्यानपावर कम्पनीका कर्मचारीबाहेक तेस्रो पक्षले कसैको पासपोर्ट बोक्ने,राख्ने र पैसाको कारोबार गर्न नपाउने भएका छन् ।
म्यानपावरका कर्मचारीबाहेक वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो पक्षले कसैको पार्सपोर्ट बोके पक्राउ गरिने भएको छ ।
म्यानपावर कम्पनीले सेवा सहजीकरणका लागि राख्दै आएका प्रतिनिधि (एजेन्ट) प्रणलीलाई सरकारले खारेज गर्दै युवाको पासपोर्ट सम्बन्धित म्यानपावर कम्पनीका सूचीकृत कर्मचारीबाहेक अरु कसैले राख्न नपाउने नियम बनाएको हो ।
एजेन्ट र म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा जाने युवासँग लिने सेवा शुल्क र त्यसको पारर्दर्शीतामा गुनासो बढ्न थालेपछि सरकारले म्यानपावर कम्पनीका लागि सहजीकरण गर्दै आएका यस्ता एजेन्टको लाइसेन्स खारेज गरेको हो ।
श्ुक्रबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ जेठ २४ शुक्रवार ०७:३४ मा प्रकाशित