२४ जेठ, काठमाडौँ । सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूको दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ ।
सचिवालयमा प्रस्तुत प्रस्तावमा सहमति जनाउँदे वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्न नेकपा असमर्थ बनेको छ ।
अध्यक्षद्वय ओली र दाहालले भूगोलका ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन् । ओली र दाहालले बिहीबार बिहान पनि नेपालसँग सहमतिको प्रयास गरेका थिए ।छलफलमा ओली र नेपालबीच भनाभनै भएको स्रोत बताउँछ ।
शुक्रबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ जेठ २४ शुक्रवार ०८:०० मा प्रकाशित




























