
२४ जेठ काठमाडौँ । तत्कालिन नेकपा माओवादीका लडाकु लेलिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन् । युरोप गएका उनले तत्कालीन नेकपा माओवादीले राज्यपक्षसँग युद्घ लड्न भर्ना गरेका सैनिक बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन् ।
विष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चयोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन् ।
बिष्टले अन्तर्राष्ट्रिय निकायसँग ा लागि गुहार गरेको तत्कालीन माओवादी लडाकुमाथि लागेको ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, चार हजार आठ बालसैनिकका माग सम्बोधन गर्नुपर्ने, बालबालीकालाई लडाकुमा भर्ती गर्दा बालअधिकार उल्लंघन भएको जिममेवारी माओबादीले लिनुपर्ने , राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताअनुसार बालअधिकार र न्याय सुनिश्चित गर्नुपर्नेलगायत विषय उठाइएको छ ।
शुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ २४ शुक्रवार ०८:५६ मा प्रकाशित