
२४ जेठ । विभिन्न ११ विद्यार्थी संगठनहरुले लोकसेवा आयोगलाई आफ्नो विज्ञापन सूचना फिर्ता लिन अनुरोध गरेका छन् ।
जेष्ठ २३ गते राष्ट्रिय विद्यार्थी संघको केन्द्रिय कार्यालयमा ११ विद्यार्थी संगठनको बैठक बसि लोकसेवा आयोगले जेठ १५ गते जारी गरेको बिज्ञापन फिर्ताको लागि अनुरोध गरेका हुन् ।
आयोगले जारी गरेको विज्ञापन असंबैधानिक असमावेशी भएको भन्दै उनीहरुले आफूहरु आन्दोलनमा उत्रने र यसबाट भयावह परिस्थिति र्सिजना हुन सक्ने तर्फ सरकारलाई सचेत गराएका छन् ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १०:११ मा प्रकाशित




























