
२४ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैडाकोट नपा २ कालिगण्डकी चोक नवलपुरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, काठमाडौँ नियुक्त भएको छ ।
उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा तथा सनराइजन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७६ जेठ २४ शुक्रवार १०:४६ मा प्रकाशित