
२४ जेठ, काठमाण्डौं । न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्री भानुभक्त ढकालका दाजु र केएमसीमा अध्ययनरत एक विद्यार्थी काठमाण्डौंबाटै हराएका छन् ।
उपचारका लागि मोरङबाट काठमाण्डौं आएका मन्त्री ढकालका दाजु शिव प्रसाद ढकाल र अर्घाखाँची घर भइ काठमाण्डौंको केएमसी मेडिकल कलेज सिनामंगलमा अध्ययनरत शिशिर खनाल काठमाण्डौंबाटै बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ढकाल जेठ १५ देखि र खनाल केही दिनदेखि हराएका हुन् । खनाल केएमसीमा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत रहेको पनि आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
वि.सं.२०७६ जेठ २४ शुक्रवार ११:०५ मा प्रकाशित