back
CTIZAN AD

फ्रान्समा नेपाली साहित्यिक मन्च गठन, अध्यक्षमा अर्याल

वि.सं.२०७६ जेठ २४ शुक्रवार

534 

shares

फ्रान्समा रहेका नेपाली समाजसेवी हरिहर अर्यालको नेतृत्वमा फ्रान्सका साहित्यकारहरु एकजुट भएका छन् ।

अर्यालको संयोजकत्वमा गठन भएको उक्त ‘साहित्यिक मन्च’ मा अनीश त्रिपाठी, अनुराधा पौडेल, बीरबहादुर खड्का, भानु न्यौपाने, राजु खप्तडी बस्नेत, राम पाण्डे, सुजन बानियाँ, सुजन राज भट्ट, सुधीर राना र हरि प्रसाद सापकोटा रहेको समितिका सदस्य सुधिर रानाले जानकारी दिएका छन् ।

नेपाली साहित्य, कला सस्कृतिको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न उद्धेश्यले मञ्च गठन गरिएको रानाले बताएका छन् ।

साहित्यिक मञ्च स्थापाना भए पश्चात बिभिन्न बैठकहरुमा मूलत : फ्रान्समा रहेका नेपाली साहित्य र सृजनशीलताको बिकास गर्ने उद्धेश्यले साहित्यप्रेमी एवं आपसमा भएका आ–आफ्ना सृजनाहरु किताबको रुपमा प्रकाशित गर्नुका साथै फ्रान्समा बस्ने नेपाली तथा नेपालीमूलका बालबच्चाहरुलाई नेपाली भाषा, साहित्य र सस्कृति चिनाउन एबं रुचि बढाउने किसिमका कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य पनि रहेको पनि रानाले बताएका छन् ।

रानाका अनुसार नेपाल र फ्रान्सलाई चिनाउन बिबिध बिषय समाबेश गरेर बार्षिक स्मारिका प्रकाशन गर्ने र यो बर्ष फ्रान्स नेपाल दौत्य सम्बन्धको ७० औ बर्षको अवसर पारेर बिबिध बिषय समेटेर विशेषाङ्क स्वरुप स्मारिका समेत प्रकाशन गर्ने योजना रहेको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १२:१८ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...